कोबेली विकास बैंकको ५० प्रतिशत हकप्रद साउन १८ गतेदेखि

Aug 17, 2017 Merolagani

काबेली विकास बैंक (KEBL) ले भदौ १८ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले तीन लाख ५० हजार आठ सय ८० कित्ता हकप्रद सेयर बिक्री गरेर पूँजी बढाउन लागेको हो ।

बैंकले गत साउन १९ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको छ । साउन १८ गतेसम्म कायम सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउने छन् । बैंकको हकप्रदमा असोज २१ गतेसम्ममा आवेदन गरिसक्नु पर्छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

साउन १८ गतेसम्म कायम सेयरधनीले क्यापिटलको कार्यालय नाचघर जमल, ग्लोबल आई एमई बैंकका शाखा कार्यालयहरु इटहरी, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवलबाट आवेदन गर्न पाउछन् । काबेली विकास बैंकको धनकुटा स्थित केन्द्रिय कार्यालयका साथै सबै शाखाहरुबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।

हाल सात करोड एक लाख ७६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद पश्चात चुक्ता पूँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको ५० करोड रुपैंया चुक्ता पूँजी बैंक एक्लैले पुर्याउन नसक्ने भएकाले बैंक मर्जर वा विलयमा जाने तरखरमा रहेको बुभिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।