राष्ट्रियस्तरका १२ विकास बैंकले गत बर्ष कस्तो गरे प्रगति ? (तथ्याङ्क सहित)

Aug 27, 2017 merolagani

  • तीथर्राज पाैड्याल

राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा रहेका विकास बैंकहरुलाई पूँजीवृद्धिको दबाब त छदैछ, उनीहरुलाई पूँजीवृद्धिको अनुपातमा कारोबार विस्तारगरी लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्ने बाध्यता समेत छ । यसबीचमा गत आर्थिक बर्षमा राष्ट्रियस्तरका केही विकास बैंकहरु केही वाणिज्य बैंकहरुको तुलनामा कमाईको हिसाबले अब्बल देखिएका छन् । 

गत आर्थिक बर्षमा राष्ट्रिय स्तरका १२ विकास बैंकले ४ अर्ब ७९ कराेड २५ लाख रूपैयाँ खुद नाफा कमाएका छन् । यस अवधिमा ती बैंकले कुल एक खर्ब ७९ अर्ब ९९ करोड  ७ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सबैभन्दा बढी निक्षेप र कर्जा परिचालन गरेको महालक्ष्मी विकास बैंकले २५ अर्ब १३ करोड निक्षेप संकलन गरेर  २० अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । सबैभन्दा थाेरै कामना विकास बैंकले ६ अर्ब ९८ करोड संकलन गरेर ६ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ ।

राष्ट्रिय स्तरका १२ विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंकले नै सबैभन्दा बढी ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बाणिज्य बैंकहरु सिभिल, सेञ्चुरी, जनता र कुमारी बैंकभन्दा बढी हो ।

कामना विकास बैंकले सबैभन्दा कम १७ करोड ६५ लाख कमाएको छ । उता कामनासँगै साउन २० गतेबाट एकीकृत कारोबार थालेको सेवाले १७ करोड २८ लाख कमाएको छ । सेवाकाे सबै थप हुँदा भने कामनाकाे सबै तथ्याङ्क बढ्नेछ । गत बर्षकाे वित्तीय  विवरण छुट्टै  सार्वजनिक गरेकाले सेवा तर्फकाे कुनै  विबरण यहाँ समावेश छैन । 

नाेट: पूँजी, निक्षेप, कर्जा, र खुद नाफालार्इ हजारमा ,पूँजीकाेष अनुपात र निष्कृय कर्जा प्रतिशतमा तथा प्रतिसेयर अाम्दानी  र नेटवर्थ रूपैयाँमा देखार्एकाे छ । फेवा र गण्डकीकाे एकीकृत विवरण समावेश छ । 

प्रतिसेयर आम्दानी आधारमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी ३२ रुपैयाँ ११ पैसा रहेको छ भने शतप्रतिशत हकप्रद विक्री गरि चुक्ता पूँजी बढाएको ज्योति विकास बैंकको सबैभन्दा कम १२ रुपैयाँ ३० पैसा रहेको देखिन्छ ।

प्रतिसेयर नेटवर्थमा गण्डकी विकास बैंकको सबैभन्दा उच्च १५० रुपैयाँ ७१ पैसा छ भने १२१ रुपैयाँ ६७ पैसा कायम गदै ज्योति विकास बैंक सबैभन्दा पुच्छारमा रहेको छ ।

गत बर्षको चौथो त्रैमाससम्ममा यति डेभलपमेन्ट बैंकलाई मर्ज गरेको महालक्ष्मी विकास बैंकको मात्र राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यतिको निष्कृय कर्जा अनुपातका कारणले बैंककाे एनपिएल पनि सबैभन्दा बढी ३.६३ प्रतिशत रहेको छ । सबैभन्दा कम एनपिएल मुक्तिनाथ विकास बैंकको ०.०२ प्रतिशत रहेको छ ।

पूँजीकोष अनुपातका आधारमा २५.०४ प्रतिशत रहेको गरिमा विकास बैंक शिर्ष स्थानमा छ भने महालक्ष्मी विकास बैंकको सबैभन्दा कम १४.६२ प्रतिशत छ । 

सबैभन्दा कम चुक्ता पूँजी कामना विकास बैंकको ८० करोड ४३ लाख रुपैयाँ देखिन्छ । तर सेवा र कामना मर्जर सकेर साउन २० गतेबाट एकीकृत कारोबार थालीसकेकाल सेवा तर्फको एक अर्ब एक करोड ७० लाख रुपैयाँ थप हुँदा एक अर्ब ८२ करोड १३ लाख नाघ्नेछ । कामनापछि साग्रीलाको एक अर्ब ३५ करोड चुक्ता पूँजी रहेको छ । कसमस बैंकसँग एकीकृत कारोबार थालीसकेको उसले थप ८० प्रतिशत हकप्रद जारी गर्देछ ।

कैलाश, गरिमा र लुम्बिनी विकास बैंकले गत बर्षको नाफाबाट बाेनस वितरण गरेर नै तोकिएको चुक्ता पूँजी पुर्याउने भएका छन् । टुरिजम् डेभलपमेन्ट बैंक मेगा बैंकसँग मर्जर प्रकृयामा रहेको छ । केही कारणले मर्जर तोडिएको अवस्थामा पनि बैंकलाई पूँजी कायम गर्न गाह्रो अवस्था देखिन्न ।

ज्योतिले राप्तीभेरी विकास बैंक प्राप्तीबाट र गण्डकीले  फेवासँग मर्जपछि कायम भएकाे चुक्तापूँजीकाे २५ प्रतिशत हकप्रद जारी गर्ने घाेषणा गरेकाे छ ।  ओमले ३० प्रतिशत तथा सांग्रीलाले ८० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी पुर्याउँदैछन् । ४० प्रतिशत हकप्रद खुला भईरहेको मुक्तिनाथ विकास बैक र १० प्रतिशत हकप्रद जारी गरेर कामनाले चुक्ता पूँजी कायम गर्दा देव विकास बैंक ४० प्रतिशत हकप्रदका साथमा साझा र सहारा विकास बैंकलाई प्राप्ती गरेर चुक्ता पूँजी कायम गर्ने योजनामा छ ।

चुक्तापूँजीकाे लागि नपुग रकम सबै बैंकले गतबर्षको बोनसबाट पुरा गर्ने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।