आठ अर्बको लक्ष्य भेट्न एनसीसी बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने

Sep 02, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB) को उन्नाइसौ बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न बैंकको साधारणसभाले राष्ट्र बैंकले तोकको चुक्तापूँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको पूँजी ७ अर्ब नाघ्नेछ ।

बैंकले साधारणसभाबाट आफुमा गाभिएका इन्फास्ट्रक्चर, सुप्रिम, एपेक्स र इन्टरनेशनल डेभलपेमन्ट बैंकको ७२/०७३ को वित्तीय विवरण पारित गरेको छ ।

४ अर्ब ६७ करोड चुक्ता पुँजी भएको बैंकको जगेडाकोषमा २ अर्ब ५६ करोड पुगेको छ । चार विकास बैंकलाई गाभेपछि बैंकको चुक्तापूँजी र जगेडाकोषमा बढोत्तरी आएको हो । ५० प्रतिशत हकप्रदपछि बैंकको पूँजी ७ अर्ब नाघ्नेछ । बैंकको तोकेको पूँजी पुर्याउन गतबर्षको कमाईबाट एक अर्ब बराबरको बोनस बाड्नुपर्ने हुन्छ ।

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरको थियो । बैंकले यसअवधिमा ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेर ४८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी वाषिर्क २८.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, तरलता अनुपात २५ दशमलव १२ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुणा छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले गत वैशाख १५ गतेका लागि बैंकले बोलाएको विशेष साधारणसभा रोक्न निर्देशन दिएपछि विशेष साधारणसभा स्थगित गरेर बैंक उच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले कम्पनी रजिष्ट्रारको कार्यालयकै निर्देशनलाई सदर गर्दे नियमित साधारणसभामा जान आदेश दिएपछि बैंकले नियमित साधारणसभा बोलाएको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।