लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर विक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ । बोलपत्रदाताले नयूनतम १०० रुपैयाँ वा सेो भन्दा बढी मूल्य तोकि एक सय कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरि सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते १:३० बजेसम्म तोकेको कम्पनीले जनाएको छ ।
प्राप्त बोलपत्र असोज ६ गते बेलुका ४ बजे सिबिआएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा खुला गरिने क्यापिटलले जनाएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद (३९लाख कित्ता) बिक्री खुला गर्दा अवितरित सेयर लिलाम बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्ता पूँजी बढाएर एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
आफ्नो हकभन्दा बढी सेयर माग गरि दरखास्त दिई बाँडफाँडमा नपरेका सेयरधनीलाई इन्स्योरेन्स कम्पनीले भदौ २५ गतेदेखि सेयर निष्काशन तथा विक्री प्रबन्धकको कार्यालय डिल्लीबजारबाट फिर्ता भुक्तानी गर्ने जनाएको छ ।
हकप्रदपछि ७८ करोड रुपैयाँ पूँजी रहेको कम्पनीको सेयरमूल्य विहीबार नेप्सेमा ८६० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य