गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जनता बैंकले जफत गर्ने, बैंकिङ कसुर प्रमाणित

Sep 07, 2017 Merolagani



- परमेश्वर अधिकारी
नेपाल राष्ट्र बैंकको निर्देशनमा जनता बैंकले गूरुप्रसाद न्यौपानेको ८५ हजार कित्ता सेयर जफत गर्ने भएको छ । सञ्चालक समितिमा रहेका बेला माछापुछ्रे बैंकसँगको मर्जर हुने विषय चल्दा न्यौपानेले श्रीमतीको नाममा खरिद गरेको सेयर बैंकले जफत गर्ने भएको हो ।

जनता बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार राष्ट्र बैंकले भदौको दोस्रो साता गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाण्ति भएको व्यहोरा जनता बैंकलाई जानकारी गराएको थियो । उसले सोही पत्र मार्फत न्यौपानेकी श्रीमती सुमित्रादेवी न्यौपानेका नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको हो ।

जनता बैंक स्रोतका अनुसार न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ताभन्दा बढी सेयर आफु सञ्चालक भएकै बखत खरिद गरेका थिए । त्यस पछि निष्काशन भएको ५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सहित गरी ८५ हजार कित्ताभन्दा बढी सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको ती अधिकारीले मेरोलगानीलाई जानकारी दिए । उनका अनुसार बैंक सञ्चालक समितिको बैठकले न्यौपानेको सेयर जफत निर्णय गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा रहँदा आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न पाइदैन ।

न्यौपानेको सेयर जफत गरी बैंकले बोलकबोलबाट सर्वसाधारणमा बिक्री गर्नेछ । उक्त सेयर बिक्री गरेर आउने रकम बैंकको कमाईमा गणना हुने भएकाले न्यौपानले गरेको बैंकिङ कसुरको फाइदा साधारण सेयरधनीलाई पनि हुने भएको हो ।

सबै सेयर बिक्री गर्दा बैंकले अहिलेको बजार मूल्य २५० रुपैंया हाराहारीको दरले दुई करोड १२ लाख रुपैंया आम्दानी गर्नेछ ।

न्यौपानेले श्रीमतीका नाममा सेयर खरीद गरेको सम्बन्धमा राष्ट्र बैंकमा उजुरी परे पछि मेरोलगानीले सो सम्बन्धमा खबर सम्प्रेषण गरेको थियो । राष्ट्र बैंकले यस विषयमा अनुसन्धान गरे पछि न्यौपानले बैंक सञ्चालकको पदबाट राजिनामा गरेका थिए ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकले अर्का सञ्चालक नारायणप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि समितिले न्यौपानेको कसुरलाई ढाकछोप गर्ने प्रयास गरेको थियो ।

हेर्नुस यस अघि मेरोलगानीले सम्प्रेषण गरेको सामग्रीको पूर्ण पाठ ।

गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।