एभरेष्ट बैंकको साढे २ लाख कित्ता सेयरको लिलामी खुल्यो

Sep 10, 2017 merolagani

एभरेष्ट बैंकको दुई लाख ५३ हजार ७९७ कित्ता साधारण सेयरमा आईतबारदेखि लिलामीमा अाएकाे छ । बैंकले गत असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित भएको सेयर लिलामीमा राखेको हो ।

 बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

इच्छुक बोलपत्रदाताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा एक सय कित्ता वा १० ले भाग जानेगरी सबै कित्ता सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामीमा आवेदन गर्ने अन्तिम म्याद असोज १ गतेसम्म रहेको छ । 

प्राप्त बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा असोज २ गते बिहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला गरिने जनाईएको छ ।

एभरेष्ट बैंकको सेयर गत विहीबार नेप्सेमा प्रतिकित्ता एक हजार दुई सय ७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । बैंकको गत आर्थिक बर्षमा वित्तिय विवरण अनुसार एक अर्ब ९८ करोड रुपेयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।