दुई विकास बैंक र एक फाइनान्स कम्पनीको ६७ लाख कित्ता बढी हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

Sep 10, 2017 merogani

भार्गव विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको गरि कुल ६७ करोड २९ लाख ४६  हजार रूपैयाँकाे  ६७ लाख २९ हजार ४६७ कित्ता हकप्रद आईतबार धितोपत्र बोर्डले एकसाथ स्वीकृत गरेको छ ।

भार्गव विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरको २१ करोड १२ लाख रुपैयाँ मूल्यको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर विक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । 

त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १२० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरको २६ करोड ४३ लाख ५३ हजार ८८० रुपैयाँ मूल्यको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर विक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले बोर्डबाट चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो । बोर्डले फाइनान्सलाई १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर विक्री अनुमति दिएको हो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।