एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न दियो धितोपत्र बोर्डमा निवेदन

Sep 12, 2017 merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चुक्ता पूँजीको ६०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले एक कित्ता बराबर थप ६ कित्ता अनुपातमा ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर विक्री गर्न अनुमति माग गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

कम्पनीले यसअघि वितरण गरेको २० प्रतिशत बोनसपछि एभरेष्टको पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको निर्देशन अनुरुप सोही पूँजीको कम्पनीले ६०० प्रतिशत हकप्रद जारी गर्न  अनुमति माग गरेकाे हो ।

कम्पनीकाे गत असार २३ गते एकैपटक सम्पन्न भएकाे पाँच बर्षकाे संयुक्त साधारणासभाले ६०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

हकप्रदपछि कम्पनीको पूँजी  ८५ करोड पाँच लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले निर्जिवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेकोले कम्पनीलाई थप १५ करोड रुपैयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ ।

गत आर्थिक बर्षमा एभरेष्टले चार करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।गत बर्ष कम्पनीकाे मूल्यअाम्दानी अनुपात ६५.३० गुणाा बढी रहेकाे थियाे । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।