गुहेश्वरीको ४० प्रतिशत हकप्रदको बुकक्लोज, कहिलेसम्म सेयर किनेकाले पाउँछन् हकप्रद ?

Sep 12, 2017 merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । फाइनान्स सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले असोज २७ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो ।  

यस आधारमा असोज २६ गते विहीबारसम्म कायम रहेका फाइनान्सका सेयरधनीले ४० प्रतिशत हकप्रद भर्न पाउनेछन् । गत बैशाख २९ गतेको विशेष साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्न निर्णय गरेकोमा  धितोपत्र बोर्डबाट भदौ २५ मा हकप्रद विक्री गर्न अनुमति पाईसकेको छ । 

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्स कम्पनीले गत आर्थिक वर्षमा १२ करोड ९२ लाख रुपैंया खुद नाफा कमाएर  प्रतिसेयर आम्दानी २६ रुपैंया २० पैसा कायम भएको छ । फाइनान्सको सेयरमूल्य मंगलबार २५० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।