सनराइज बैंकको सेयर लिलामीमा किन्ने सोचमा हुनुहुन्छ ? ७ लाख कित्ता आउँदैछ लिलामीमा

Sep 12, 2017 merolagani

सनराइज बैंक (SRBL) ले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले असोज ८ देखि २२ गतेसम्म लिलामी गर्ने जनाएको छ ।

सनराइजले लिलामी गर्न लागेको सेयरमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ ।

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १० बराबर तीनको अनुपातमा एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामी गर्न लागेको हो ।

लिलामीमा सेयर किन्न इच्छुक लगानीकर्ताले बैंककाे बिक्री प्रवन्धक सनराइज क्यापिटलमा असोज २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरेर आवेदन गर्नुपर्नेछ ।

संस्थापकतर्फ न्यूनतम हजार कित्ता र साधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि सिमा नतोकिएकोले १० ले भाग जाने गरी लिलामीमा आएका सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिने क्यापिटलले जनाएको छ । 

७ अर्ब एक करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एक अर्ब १६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ । बैंकको सेयर मंगलबार प्रतिकित्ता ३२१ रुपैयाँमा हाराहारीमा कारोबार भएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।