एनआइसी एसियाको २० प्रतिशत बोनस पारित, नयाँ संचालक चयन

Sep 15, 2017 merolagani

एनआइसी एसिया बैंक (NICA) को २०औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ।

बैंकले एक अर्ब ३३ करोड ८५ लाख रुपैयाँको बोनस वितरण गर्नेछ । साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले बोनस तथा साधारणसभा प्रयोजनका लागि गत भदौ १६ गतेदेखी सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसअनुसार भदौ १५ गते विहीबारसम्म कायम रहेका लगानीकर्ताले मात्र २० प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।

साथै साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघाइ चुनिएका छन्। साधारण सेयरधनीका तर्फबाट राजेन्द्र अर्याल, विनोदकुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल सञ्चालक चुनिएका छन्।

यसअघिको सञ्चालक समितिले गणेशमान श्रेष्ठलाई विज्ञ सञ्चालक नियुक्त गरिसकेको छ। साथै,साधारणसभा पश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतकाप्रस्तावपनिपारित गरेको छ ।
बैंकको हाल करिब पाँच लाख ७० हजार बढि निक्षेप ग्राहक र २८ हजार बढि ऋणी छन्। तीन लाख ३० हजारभन्दा बढि डिजिटल बैंकिङ ग्राहक छन्। बैंकका १२५ शाखा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।