बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना

Sep 16, 2017 rss

कर्मचारी सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरेको छ । सञ्चयकर्ताको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको कोषको ५६ औँं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा शाखा प्रबन्धक दिलीप पौडेलले सो कुराको जानकारी दिए ।

उन्काअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताको सहभागिता गराइएको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रवद्र्धित तीन परियाजनामा पनि शेयर प्रदान गर्ने प्रक्रियामा रहेको छ ।

पाँच लाख ५० हजार सञ्चयकर्ता रहेको कोषले सञ्चयकर्ताको अवकाशपछि पनि छ वर्षसम्म सञ्चित रकममा ब्याज दिने तथा निजहरुको नाममा जम्मा हुन आएको रकममा वार्षिक ब्याजसमेत थप गरी एकमुष्ठ भुक्तानी दिने बताइएको छ ।

सञ्चयकर्तालाई घर निर्माण गर्न वा घर खरिद गर्न अधिकतम् १५ वर्षको तलब वा बढीमा रु एक करोडसम्म घर सापटी, स्वदेशका लागि अधिकतम रु १० लाख र विदेशका लागि रु २० लाख, एमबीबीएस÷ एमडीको लागि रु २५ लाखसम्म शैक्षिक ऋृण दिने व्यवस्था भएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कोषको पुँजीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गरी कोषले सञ्चयकर्तालाई अधिकतम लाभ दिनुपर्नेमा जोड दिउ ।

समारोहमा आधिकारिक ट्रेड युनियन कास्की जिल्लाका अध्यक्ष भरतप्रसाद भुषाल, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक अच्युत ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, शाखा अधिकृत रामप्रसाद अधिकारी र लोकेन्द्र पौडेलले वार्षिकोत्सवको बारेमा प्रकाश पारेका थिए । रासस

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।