एनआरएनको अध्यक्षमा भट्टको उम्मेदवारी

Sep 16, 2017 merolagani

गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन । आज यहाँ पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गरे ।

यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने, एनआरएनका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने उहाँले बताए ।

आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको उनको भनाइ छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।