कर्मचारी सञ्चय कोषको लगानी २ खर्ब ४३ अर्ब ५२ करोड

Sep 17, 2017 merolagani

कर्मचारी सञ्चय कोषले गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ४३ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । कोषले ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी गराईएको हो ।

 

कोषले यस अवधिमा ५ लाख ५० हजार संचयकर्ताबाट रकम संकलन गरेका हो । कोषको संचयकोषमा २ खर्ब ४५ अर्ब २७ करोड र जगेडाकोषमा ६ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने अन्य दायित्व तथा व्यवस्था दुई अर्ब ४८ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ । यसअवधिमा २ खर्ब ४३ अर्ब ५२ करोड लगानी गरेको कोषमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बचत रहेको कोषले जनाएको छ ।

कोषले निजामति, जंगी र प्रहरी सेवाका साथै शिषक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका ५ लाख ५० हजार भन्दा बढी कर्मचारीको सञ्चित रकम व्यवस्थापन गरेको छ ।

कुल लगानी दुई खर्ब ४३ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा अनुमानित बचत एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७२/७३को सुरुको सञ्चय कोष मौज्दातको आधारमा सञ्चयकर्तालाई ०.६५ प्रतिशत मूनाफा छुट्टै खातामा लेखांकन गरी उनीहरुको ४० प्रतिशत सेयर लगानी सुनिश्चित हुने गरी कर्मचारी सञ्चय कोष, विद्युत प्रधिकरण, विद्युत उत्पादन कम्पनीद्वारा प्रवद्र्धित बेतन कर्णाली हाईड्रोपावर कम्पनी स्थापना गरेको कोषले जनाएको छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।