सेञ्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,आरएसडिसी लघुवित्तको २०० प्रतिशत खुल्यो

Sep 18, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले निष्कासन गरेको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले निष्काशन गरेको २०० प्रतिशत हकप्रदको बिक्री पनि आजैबाट खुलेको छ ।



बैंकले १० बराबर चार कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।बैंकको हकप्रद भर्ने म्याद भदौ १८ गते नै सकिएको भए पनि बैंकले तराईमा गएको बाढीका कारण थप १५ दिन म्याद थप गरेको थियो।

गत असार २६ गतेसम्म कायम रहेका शेयर धनीहरुले १० बराबर ४ को अनुपातमा हकप्रद सेयरमा आवेदन गर्न सक्ने बैंकले जनाएको छ । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सेञ्चुरीले सगरमाथा फाईनान्सलाई समेत आफुमा विलय गराएर एकीकृत कारोबार सुरु गरिसकेको छ । तर यो हकप्रदमा साबिकका सगरमाथा फाइनान्सका सेयरधनीले आवेदन दिन पाउने छैनन् ।
सिभिल क्यापिटल मार्केट सुन्धारा तथा सेन्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ । ४० हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

सेञ्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती प्रकृयामा नै रहेको छ । सबै संस्थालाई प्राप्ती गरीसक्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट थप १० करोड रुपैयाँको बोनस वितरण गर्दा राष्ट बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी सहजै पुग्ने देखिन्छ ।

 

आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद खुल्यो

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रदको बिक्री आजै बाट खुलेको छ । भदौ १५ गतेसम्म कायम रहेका शेयर धनीहरुले एक शेयर बराबर दुईको अनुपातमा हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।

संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा २३ लाख कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, आरएसडीसी लघुवित्तको कार्यालय बुटवल, र इन्भेष्टमेन्ट बैंकको उपत्यका बाहिरका सम्पुर्ण शाखा कार्यालयबाट कात्तिक ५ गते गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल ११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निश्कासनपछि चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार थोक लघुवित्त कर्जा प्रदान गर्ने संस्थाले २०७५ असार मसान्तसम्ममा न्यूनतम ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने भएपछि लघुवित्तले भारी मात्रामा सेयर विक्री गर्न लागेको हो । कम्पनीलाई २५ करोड ५० लाख रुपैँया पूँजी अझै अपुग हुनेछ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।