बाढी पीडितलाई हिमालयन बैंकको एघार लाख एघार हजार सहयोग

Sep 18, 2017 merolagani

हिमालयन बैंक लिमिटेडले हालै देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरवार विहीन भएकाहरुको सहयोगार्थ एघार लाख एघार हजार एक सय एघार  रुपैयाँ प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।