बैंकले गत बर्षको कमाईबाट ८ करोड ९० लाख बराबरको लाभांश बाड्ने भएको प्रस्ताव गरेको छ । जसमध्ये बानेस बापत ८ करोड ४५ लाख ५० हजार र बाँकी रकम कर प्रयोजनका लागि वितरण गर्ने बैंकले जनाएको छ ।
पुर्णिमा विकास बैंकले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चार बराबर एक अनुपात (२५ प्रतिशत) हकप्रद जारी गरेको थियो । सो हकप्रदलाई समेत बोनस सेयर बाँड्दा बैंकले प्रदान गर्ने बोनसको अनुपात २० प्रतिशतमा झर्नेछ ।
बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैंयाँ छ । बोनसपछि बैंकको पूँजी ४३ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । बैंकले जारी गरेकाे ८ कराेड ८० लाख ९६ हजार २९२ रूपैयाँकाे हकप्रद पूँजीकरण भएपछि बैंकको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ नाघ्नेछ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य