४८.८ मेगावाटको खिम्ती २ आयोजनाको लागि लगानी जुट्यो,१० वाणिज्य बैंकले साढे ६ अर्ब ऋण लगानी गर्ने

Sep 25, 2017 merolagani

पिपल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८.८ मेगावाटको खिम्ती २ जलविद्युत आयोजनामा निमार्णका लागि लगानी जुटेको छ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा १० वाणिज्य बैंकले साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।



प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र आयोजनामा लगानी गर्न नेतृत्व गरेको सानिमा बैंकबीच आइतबार ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार १० वाणिज्य बैंकले आयोजनामा ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल र पिपल्सका अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातल गा.वि.समा निमार्ण गर्न लागेको खिम्ती दोस्रो जलविद्युत आयोजनामा सानिमाका अतिरित्त सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, ग्लोवल आईएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनाबाट आउदो ६ वर्ष अर्थात ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । आयोजनामा वाणिज्य बैंकहरुको पचहत्तर प्रतिशत र पिपल्स इनर्जी लिमिटेडले पच्चीस प्रतिशत लगानी गर्नेछन् ।

उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक छब्बीस करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।