फर्स्ट माइक्रोफाईनान्सको १५ प्रतिशत बोनस पारित, बोनसपछि ५० प्रतिशत हकप्रद

Sep 25, 2017 merolagani

फर्स्ट माइक्रोफाईनान्स (FMDBL) को आठौं बार्षिक साधारणसभाले गतबर्षको कमाईबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोही साधारणसभाले बोनसपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय समेत गरेको छ ।



साथै कम्पनीले आफुना सेयरधनीलाई कर तिर्नका लागि ०.७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ ।
साधारणसभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्ने, र सञ्चालकको बैठक तथा भ्रमण भत्ताको पुनरावलोकन गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतको प्रस्तावहरु पनि पारित गरेको छ ।

हाल ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ४५ करोड ६२ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । उक्त पूँजीको ५० प्रतिशत अर्थात रुपैयाँको एक सय रुपैयाँ अंकित दरको २२ लाख ८१ हजार ३०० कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ कायम हुनेछ ।

गत आर्थिक बर्षमा कम्पनीले आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।