आइसीएफसी फाइनान्सले पनि असोजमै गर्ने भयो साधारणसभा

Sep 26, 2017 merolagani

आइसीएफसी फाइनान्सले यही असोज ३१ मंगलबार आफ्नो चौधौ बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्नुका साथै कम्पनीको प्रबन्धपत्र नियामावलि संशोधन लगायतका एजेन्डा पारित गर्नेछ ।



गत आर्थिक बर्षमा १९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.३६ पैसा कायम गरेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्स कम्पनीले असोज २५ गतेदेखि असोज ३१ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनु्सार असोज २४ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले फाइनान्स कम्पनीले प्रस्ताव गरेको बोनस प्राप्त गर्नुका साथै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । बोनपछि कम्पनीको पूँजी ८८ करोड पुग्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।