बेष्ट हुँदै जनरल फाइनान्स

Oct 04, 2017 merolagani

जनरल फाइनान्स असोज २४ गतेदेखि नयाँ अवतारमा आउने भएको छ । जनरल फाइनान्सले साबिकको नाम परिवर्तन गरि असोज २४ गते मंगलबारदेखि बेष्ट फाईनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार सुरु गर्न लागेको हो ।

समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि नयाँ गति लिएको थियो । जनरल फाईनान्स कम्पनीको गत जेठ १० गते सम्पन्न साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसलाई अनुमोदन गर्दे कम्पनी रजिष्टारको कार्यालयले भदौ २५ गते परिवर्तिक कम्पनीले साबिकको कम्पनीको सम्पुर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नुपर्ने कर तथा अन्य दायित्व व्यहोर्ने गरि कारोबार सुरु अगर्न अनुमति प्रदान गरेको हो ।

सोहि अनुसार नयाँ बनेको बेष्ट फाईनान्स कम्पनीले असोज २४ गतेदेखि कारोबार शुभारम्भ गर्न लागेको हो । नयाँ कम्पनीको सुरुवातसँगै जनरल फाइनान्स बेष्ट फाईनान्स कम्पनी हुनेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।