रिलायबल माइक्रो बन्यो ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था

Feb 07, 2018 Merolagani

साबिकको रिलायबल माइक्रोफाइनान्स कम्पनी बुधबारदेखि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था (GILB) मा रुपान्तरण भएको छ । कम्पनीले बुधबारबाटै आफ्नो नाम र नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सिम्बोल समेत परिवर्तन गरेको हो ।

यसअघि रिलायबल माइक्रोफाइनान्स रहँदा आरएमएफएल (RMFL) बाट कारोबार हुँदै आएकोमा अब ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएपश्चात कम्पनीको सेयर कारोबार जीआईएलबि (GILB) संकेतमा कारोबार हुने नेप्सेले जनाएकाे छ । 

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसँगै रिलायबल बैंकको सहायक कम्पनी रिलायबल माइक्रोफाइनान्सलाई पनि ग्लोबल आइएमइ बैंकले एक्वायर गरेपछि नाम पनि परिवर्तन भएको हो । 

लघुवित्तको असोज २९ गते सम्पन्न पाँचौं बार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।