कालिका पावर कम्पनीले १८ करोडको आईपिओ जारी गर्ने

Oct 15, 2017 merolagani

कालिका पावर कम्पनी लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि ६ करोडको तथा त्यसपश्चात सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको आईपिओ जारी गर्ने तयारी गरेको छ ।



कम्पनीले एक सय रुपैयाँ अंकित दरले गोरखाका आयोजना प्रभावितलाई ६ लाख कित्ता तथा आम सर्वसाधरणलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ६ लाख कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमती मागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।

आईपिओ जारी गर्न इक्रा रेटिङ गराएको कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना निर्माण गरेको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

सेयर जारीपछि कम्पनकिो चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।