सेयर दलाललाई मार्जिन लेण्डिङ दिने अन्तिम तयारी, कार्यविधि कहिले बन्छ ?

Oct 26, 2017 Merolagani

सेयर लगानीकर्तालाई सेयर कारोबार स्थल अर्थात ब्रोकर मार्फत सेयर कर्जा उपलब्ध गराउन धितोपत्र बोर्डले मार्जिन लेण्डिङको काम अन्तिम चरणमा पुर्याएको छ । संशोधित धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०७४ ले गरेको व्यवस्था अनुसार यस्तो सेवा बिस्तार गर्न लागिएको हो । अब केही समय पछि लगानीकर्ताले दलालमार्फत सेयर कर्जा सहजै पाउने छन् । 

योसँगै नेपाल स्टक एक्सचेञ्जले लेण्डिङ सेवा प्रवाह गराउने सम्बन्धमा आवश्यक काम अघि बढाएको छ ।लगानीकर्ताको हितका साथै सेयर दलालको कार्यक्षेत्र बिस्तारका लागि बोर्डले मार्जिन कर्जाको प्रकृया छिटो सकाउने तयारी अनुरुप आफुहरुलाई अघि बढ्न भनेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत साउदले भने, 'बोर्डले मार्जिन कर्जा दलालबाट उपलब्ध गराउन सबै प्रकृया पुरा गरी कार्यविधि बनाउन छलफल गरिहरहेको छ । यसमा नेप्सेको भुमिका के रहने भन्नेमा बोर्डसँग निरन्तर छलफल चलिरहेको छ । केही दिनमा नै यसको अन्तिम निर्णय बाहिर आउँछ ।'

नेप्सेले लगानीकर्ता, दलाल व्यवशायीका साथै समग्र बजारको विकासमा दलाल मार्फत मार्जिन कर्जाको सुरुवातले महत्वपुर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

दलाल व्यवशायीको पूँजी बढाउने व्यवस्था अनुसार उनीहरुबाट नै कर्जा प्रवाह गर्नुका साथै डिलरसिपको काम र परामर्शदाताको काम गर्न पाउनु पर्ने माग दलाल व्यवशायीले गर्दै आएका थिए । बोर्डले पनि लगानीकर्तालाई सहज रुपमा मार्जिन कर्जा उपलब्ध होस् भन्ने सोचका साथ कामलाई अन्तिम रुप दिएको जनाएको छ ।

सेयर दलालहरु पनि बोर्डको पछिल्लो कामबाट उत्साहित भएका छन् । आफुहरुको कार्यक्षेत्र बिस्तार भएकोमा खुसी व्यक्त गर्दै स्टक ब्रोकर एशोसिएसनले लगानीकर्तालाई सहज रुपमा कर्जा सेवा उपलब्ध गराउन गृहकार्य सुरु गरिसकिएको जनाएको छ । बोर्डले मार्जिनका सम्बन्धमा निर्णय गरे लगत्तै व्यवशायीले काम सुरु गर्ने बताएका छन् ।

सेयर दलालका साथै लगानीकर्ता तथा सम्बद्ध सबै पक्षले मार्जिन कर्जाको सुरुवातले सेयर बजारलाई धेरै सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेका छन् ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।