बैङ्कमा पैसा फालाफाल, शेयर कर्जा लिने घटे, मार्जिन ऋण बढाउन अनेकौँ स्किम

Mar 13, 2020 10:50 AM Merolagani

सुवास निरौला

बैङ्क वित्तीय संस्थाले मार्जिन प्रवृत्तिको कर्जा बढाउने गरेको अनेक यत्नले काम गर्न छाडेको छ। मार्जिन प्रवृत्तिको कर्जाको माग घटेको छ। नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको माघ महिनाको विवरण अनुसार उक्त प्रवृत्तिको कर्जाको माग ०.६९ प्रतिशतले घटेको छ।

माघ महिनामा उक्त प्रवृत्तिको कर्जा ४५ अर्ब ६७ करोड रुपैयाँ बराबरको गएको केन्द्रीय बैङ्कले जनाएको छ। गत पुसको तुलनामा यो ३१ करोड रुपैयाँ कम हो। अघिल्लो महिना बैङ्कहरुले ४५ अर्ब ३५ करोड रुपैयाँ बराबरको त्यस्तो कर्जा प्रवाह गरेका थिए। कर्जा प्रति लगानीकर्ताको आकर्षण अझै बढ्न सकेको छैन। ब्याजदरको अस्थिरता, बजारको प्रभावका कारण उक्त कर्जाको माग नबढेको एक बैङ्कका कर्जा विभाग प्रमुखले बताए। 

माघ महिनामा बजार प्रशस्त बढेको भए पनि लगानीकर्ताले शेयर कर्जा बढाएनन्। मंसिरमा ०.३२ प्रतिशतले घटेको यस्तो कर्जाको माग पुसमा भने २.३७ प्रतिशतले बढेको थियो। पुसमा बजारले बिस्तारै बढ्दो गति समातेपछि लगानीकर्ताले उक्त प्रवृत्तिको कर्जाको माग बढाएका थिए। तर, शेयर बजार अचाक्ली बढेको माघमा भने यस्तो कर्जा प्रति लगानीकर्ता आकर्षित देखिएनन्।

बैङ्क तथा वित्तीय संस्थाले सबैभन्दा सुरक्षित कर्जाको रूपमा मार्जिन कर्जालाई लिने गरेका छन्। सुरक्षित भएकै कारणले यो कर्जा बढाउन बैङ्कहरुले धेरै प्रयास गर्ने गरेका छन्। यतिबेला बैङ्क तथा वित्तीय संस्थाले उक्त कर्जा बढाउन मार्केटिङ नै गर्ने गरेका छन्। शेयर कर्जामा लगानीकर्ताको लागि थरी थरिका योजना नै ल्याएका छन्। उक्त योजना प्रवर्धन गर्न बैङ्क ब्रोकर कार्यालय धाउँदै आएका छन्। राम्रा लगानीकर्ता भए पठाइदिन ब्रोकर कार्यालयका सञ्चालकलाई अनुरोध गर्ने गरेको एक ब्रोकर कम्पनीका संचालकले बताए।

उक्त प्रवृत्तिको कर्जा दिन यति बेला फालाफाल पैसा रहेको ती संचालकको दाबी छ। तर, उक्त कर्जा लिने लगानीकर्ता भने नबढेको उनको भनाई छ। 'बैङ्कहरुसँग यति बेला फालाफाल पैसा छ। लिन जानुस् भनेर धेरै लगानीकर्तालाई भनिसके तर भनेजस्तो कर्जा लिन भने लगानीकर्ता गएका छैनन्' ती ब्रोकरले भने।

उनका अनुसार यति बेला बैङ्क तथा वित्तीय संस्थाले लगानीकर्ताको सहजताका लागि लाभांशलाई समेत आम्दानीमा जोडिदिने गरेका छन्। यस अघि लाभांशलाई लगानीकर्ताले आम्दानीमा जोड्न पाउँदैन थिए। उसले बैङ्कबाट कर्जा लिनुपर्‍यो भने आम्दानीको स्रोत देखाउनुपर्छ। जागिरको तलब, घर भाडा, पसलको आम्दानी लगायतलाई बैङ्कले आम्दानीको स्रोत मान्छ। देखाइएको आम्दानीमा ऋणीको घर खर्च कटाएर बैङ्कको ब्याज तिर्न सक्ने रकम गणना गर्छ। त्यही आधारमा बैङ्कले ऋण दिने गर्छ। तर यति बेला बैङ्कहरुले उसको पुरानो शेयरबाट आउने लाभांशलाई समेत आम्दानीको स्रोत मान्न थालेका छन्।

जस्तै एक लगानीकर्तासँग पुरानो शेयर छ। उसको शेयरबाट आउने लाभांशलाई समेत आम्दानीको स्रोतको रूपमा बैङ्कहरुले गणना गरिदिन्छन्। यस आधारमा लगानीकर्ताले ऋणका लागि थप सुविधा पाएका छन्। २५ हजार रुपैयाँसम्म मासिक ब्याज भुक्तान गर्ने क्षमता भएका ऋणीलाई यति बेला बैंकहरुले सालाखाला ३० लाख रुपैयाँसम्म दिने गरेको एक बैङ्कका कर्जा विभाग प्रमुखले बताए।

यस्तो कर्जा बढाउन बैङ्क तथा वित्तीय संस्थाका प्रधान कार्यालयले सोझै ब्रोकर कम्पनीको ग्यारेन्टीमा समेत कर्जा दिने गरेका छन्। बैङ्कले उक्त प्रवृत्तिको कर्जामा लगानी गर्न सक्ने रकम केही ब्रोकर कम्पनीलाई सोझै छुट्ट्याई दिने गरेका छन्। उनीहरूले छुट्ट्याएका ब्रोकर कम्पनीले आफ्नो ग्यारेन्टीमा लगानीकर्तालाई ऋण दिन बैङ्कलाई सिफारिस गरिदिन्छन्। ब्रोकर कम्पनीको सिफारिसमा बैङ्कहरुले सिफारिस भई आएका लगानीकर्तालाई यति बेला कर्जा वितरण गर्ने गरेका छन्। ब्रोकरले सिफारिस गरेका ऋणीको ग्यारेन्टी ब्रोकर कार्यालयले नै लिने गरेको बैङ्क अधिकारीको भनाई छ। ब्रोकरले सिफारिसमा ऋणीलाई यति बेला ब्रोकर कम्पनीले नै सेवा समेत दिन थालेका छन्।

बैङ्क तथा वित्तीय संस्था र ब्रोकर कम्पनीले भरपूर प्रयास गर्दा समेत माग भने बढ्न सकेको छैन।बैङ्कहरुले आफ्नो प्राथमिक पूजीको २५ प्रतिशतसम्म मार्जिन प्रवृत्तिको कर्जामा लगानी गर्न पाउने केन्द्रीय बैङ्कको नियम छ। यतिबेला बैङ्क तथा वित्तीय संस्थासँग आठ खर्ब १२ करोड रुपैयाँ प्राथमिक पूँजी छ। दुई खर्ब तीन अर्ब रुपैयाँ बराबरको मार्जिन कर्जा दिन सक्ने बैङ्क तथा वित्तीय संस्थाको क्षमता छ। तर प्राथमिक पूँजीको २२.३३ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ। चुक्ता पूँजी र जगेडा कोष जोडेर प्राथमिक पूँजी निकाल्न पाउने केन्द्रीय बैङ्कको नियम छ।

शेयर बजारको नाटकीय परिवर्तनले लगानीकर्ता स्थिर हुन नसक्दा यस्तो कर्जाको माग बढाउन नसकिएको बैङ्क अधिकारी बताउँछन्। 'बजार कहिले धेरै समय बढ्दै नबढ्ने, बढे पनि छिटो बढ्ने छिटो घट्ने, स्थायी नहुँदा लगानीकर्ता थोरै डराएका हुन्' ती अधिकारीले भने। तर वार्षिक रूपमा हेर्ने हो भने यस्तो कर्जाको माग बढ्दो क्रममा रहेको ती अधिकारीको दाबी छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।