बंगलादेश बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 29, 2017 Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कात्तिक १३ देखि मङ्सिर ३ सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको थियो ।

आज अर्थात कात्तिक १२ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

बैंकले साधारणसभा बाट १२ प्रतिशत बोनस शेयर तथा ३.७९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभाले तीन संस्थापक र ३ सर्बसाधारण समूहबाट संचालकको निर्वाचन गर्नेछ ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

७ अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनबि बैंकको १२ प्रतिशत बोनसपछि ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ कायम गरेको थियो ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।