शिखर इन्स्योरेन्सले कति घोषणा गर्यो बोनस ?

Oct 31, 2017 Merolagani

शिखर इन्स्योरेन्स (SICL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले अघिल्लो बर्ष ६० प्रतिशत बोनस वितरण गरेको थियो । हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ रहेको छ । २९ प्रतिशत अर्थात २३ करोड ७१ लाख २३ हजार ८०७ रुपैयाँ बराबरको प्रस्तावित बोनस बितरण पश्चात कम्पनीको पूँजी एक अर्ब पाँच करोड ४७ लाख ९२ हजार १०७ रुपैयाँ पुग्नेछ । यसअनुसार बीमा कम्पनीले तोकेको न्यूनतम एक अर्ब पूँजीको लक्ष्य शिखरले भेट्टाएको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक बर्षमा शिखरले ३७ करोड ५८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९७ पैसा कायम गरेको थियो । कम्पनीको सेयर सोमबार १९२९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।