पोखरा फाईनान्सले एफपीओपछि कायम पूँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने

Oct 31, 2017 Merolagani

पोखरा फाईनान्स कम्पनी (PFC) ले चुक्त्ता पूँजीको १५ प्रतिशत हकप्रद जारी गर्न भएको छ । हाल सालै मात्र ९ लाख ८३ हजार कित्ता एफपीओ विक्री गरेको फाइनान्सले १५ प्रतिशत हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग्दै निवेदन दर्ता गराएको छ ।

पोखरा फाईनान्सले एफपीओ विक्रीपछि कायम रहेको चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार २०० रुपैयाँको १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद जारी गर्न अनुमति माग गरेको हो ।

हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख ५६ हजार ४३० रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक बर्षमा फाइनान्स कम्पनीले ८ करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सेयरमूल्य मंगलबार प्रतिकित्ता रुपैयाँमा २२४ अन्तिम पटक कारोबार भएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।