कर्मचारी खर्च उच्च रुपमा बढेपछि सांग्रिलाको नाफा खस्कियो

Nov 06, 2017 merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले पहिलो तीन महिनामा चार करोड १० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा चार करोड ४३ लाख रुपैयाँ थियो। बैंकको नाफा २३ लाख रुपैयाँले कम हो । बैंकको कर्मचारी खर्च र अन्य खर्च बढेपछि नाफा प्रभावित भएको हो ।



बैंकले यस अवधिमा कर्मचारीका लागि ४ करोड १९ लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ । जबकी गत बर्ष यसै अवधिमा ३ करोड २५ लाख मात्र कर्मचारीका लागि खर्च गरको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । यस अवधिमा बैंकले १४ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकले १३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको यस अवधिमा खराब कर्जाको आकार केही बढेको छ । गतबर्ष ०.८४ प्रतिशत रहेको खराब कर्जा बढेर ०.९८ पुगको छ । बैंकको प्रतिसेयर आम्दानी १२.९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.४९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३२.०१ गुणा रहेको छ ।

बैंकको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । बैंकले यस अवधिमा जगेडा कोष र चुक्ता पूँजीको आकार भने बढाएको छ ।

 

............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।