एक्सेलको खराबकर्जा एक प्रतिशतमा सिमित,जगेडाकोष बनायो दोब्बर

Nov 12, 2017 merolagani

एक्सेल डेभलपमेन्ट बैंक(EDBL) ले आफ्नो खराब कर्जाको आकार घटाएर एक प्रतिशतमा सिमित गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तय विवरण अनुसार बैंकको खराब कर्जा एक प्रतिशत कायम छ । गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा अनुपात १.५४ प्रतिशत थियो ।



बैंकले यसअवधिमा ७६ लाख रुपैयाँ खराब कर्जा असुलेपछि खराब कर्जाको अनुपात घटेको हो । अझै बैंकले ६० लाख रुपैयाँ सम्भावित जोखिममा राखेको छ ।

बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा गतबर्षको यसै अवधिको तुलनामा १३.७७ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । गतबर्षको पहिलो त्रैमासमा बैंकले २ करोड ७७ लाख कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेपनि संचालन मुनाफा भएको वृद्धि र खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको नाफा बढ्न पुगेको हो ।

बैंकले यसअवधिमा ४ अर्ब ५५ करोड निक्षेप संकलन गरी ३ अर्ब ८७ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप सो अवधिमा २०.०२ र कर्जा तथा सापटी १७.०७ बढेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

बैंकले जगेडाकोषलाई निकै मजबुत बनाएको छ । १९ करोडको जगेडाकोषलाई बैंकले समीक्षा अवधिमा ३७ करोड पुर्याएको छ । बैंकको चुक्तापूँजी ३८ करोड ४५ लाख छ ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९४ गुणा कायम भएको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।