नेपाल एसबिआई बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा

Nov 06, 2017 Merolagani

नेपाल एसबिआई बैंक (SBI) ले नुवाकोटको बट्टारमा ६८ औँ शाखा तथा १०० औँ एटिएम सञ्चालनमा ल्याएको छ । एसबिआईले काठमाण्डौको केशरमहल अवस्थित प्रधान कार्यालयका अतिरिक्त बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखा सहित कुल कुल ७९ वटा व्यवसायिक इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकका हाल देशभर १०० वटा एटिएम (किओस्क, सिडीएम, सिआरएम तथा मोवाइल एटिएम सहित) रहेका छन् । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलल शाखा उद्घाटन गर्दे बैंकिङ्ग जगतमा प्रविधिमा आधारित अत्याधुनिक र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा बैंकले नुवाकोट जिल्लामा समेत शाखा विस्तार गर्न सफल भएकोमा बैंक ब्यवस्थापनलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

बैंकका प्रबन्ध संचालक अनुकुल भट्नागरले नेपाल एसबिआई बैंकले नुवाकोटबासीहरुको सुविधालाई ध्यानमा राखी प्रविधिले सुसज्जित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा आफ्नो शाखा संचालनमा ल्याएको बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।