एनआईबिएल क्यापिटल र एस क्यापिटलका बिचमा भयो यस्तो सम्झौता

Nov 09, 2017 Merolagani

एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटलका बिचमा मर्जर सम्बन्धि सम्झौता भएको छ । यस अघि नै माउ कम्पनीहरु इन्भेष्टमेण्ट बैंक र एस डेभलपमेण्ट बैंक विलय प्रकृयामा गएका थिए । अहिले क्यापिटलहरु भने मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो ।

बिहीबार एनआईबिएल क्यापिटल मार्केट्स सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटल सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

माउ कम्पनीहरु विलयमा जाँदा सबै स्वामित्व ईन्भेष्टमेण्ट बैंकमा गएको थियो । अब एस क्यापिटल र एनआईबिएल क्यापिटलमा पनि बैंकको शतप्रतिशत लगानी रहेकाले मर्ज गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको निती निर्देशनले समेत एउटा मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी एक–आपसमा गाभिनु पर्ने व्यवस्था अनुसार मर्जर सम्झौता गरिएको बैंकले जनाएको छ । मर्जर पश्चात क्यापिटलको चुक्ता पूँजी २७ करोड रुपैंया पुग्नेछ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।