दाङ्गमा कैलाश विकास बैंकको नयाँ शाखा

Nov 14, 2017 Merolagani

कैलाश विकास बैंकले दाङ्गको लमहीमा नयाँ शाखा स्थापना गरेको छ । यो सँगै बैंकको शाखा संख्या ४० पुगेको छ । वित्तीय सेवालाई देशव्यापी बनाउने लक्ष्य अनुसार शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।

शाखा बिस्तार पछि बैंकले ४० शाखा सहित २० वटा एटीएम बाट बित्तीय सेवा दिन थालेको छ । बिस्तारित नयाँ शाखाको बैकका संचालक सुनिल नारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । बैंकले निकट भविष्यमा नै सुनसरीको इटहरी, कैलालीको धनगढी र रुपन्देहीको भैरहवामा शाखा बिस्तार गर्ने जनाएको छ । १० प्रतिशत बोनस प्रस्ताव गरेको बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड छ । बोनस बितरण पश्चात चुक्ता पूँजी अढाई अर्ब माथि हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।