तीन महिनामा हिमालयन डिस्टिलरीको ३४ करोड ७३ लाखको मदिरा बिक्री

Nov 15, 2017 merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिस्टिलरीले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनी ४३ लाख ८० हजार रुपैयाँ नोक्सानमा थियो ।

चालु आर्थि बर्षको पहिलो तीन महिनामा हिमालयनले ३४ करोड ७३ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

३८ करोड ५६ लाख सेयरपूँजी रहेको कम्पनीमा हिमालयनमा ६२ प्रतिशत संस्थापक र ३८ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३८ पैसा छ । नेटवर्थ १६७.४४ रुपैयाँ रहेको छ ।

ट्रेडमार्क अधिकार नपाएपछि हिमालयनको उत्पादन रोयल स्ट्याग र बेलेन्डर्स प्राइड मदिराको नेपालमा उत्पादन बन्द भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

भारतको प्रेन रिकार्ड कम्पनीले हिमालयनसंग गरेको सम्झौता नवीकरण नगरेपछि रोयल स्ट्याग र बेलन्डर्स प्राइडको उत्पादन बन्द भएको हो । अहिले ट्रेडमार्क अधिकारका लागि अदालतमा मुद्धा चलेको हिमालयनले जनाएको छ ।

अहिलेरोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक र आइला ब्राण्डको ह्विस्की मात्र उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।