ज्योति विकास बैंकले मकवानपुरमा खोल्यो २ वटा शाखा

Nov 15, 2017 Merolagani

ज्योति विकास बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुरमा २ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मकवानपुरका ग्रामिण क्षेत्र बागमती गाउँपालिकाको फापरबारी तथा शहरी क्षेत्र हेटौंडामा शाखा सञ्चालनमा ल्याएको हो ।

हेटौंडा शाखाको नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा पुर्याउनका लागि तिब्र रुपमा शाखा बिस्तार गर्दै लैजाने बैंकका अध्यक्ष खड्काले बताएका थिए । मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै बैंकले वित्तीय सेवा प्रदान गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराएका थिए । मकवानपुरमा बिस्तारित शाखाहरुले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गर्ने बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले अहिलेसम्म १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउने योजना बैंकले बनाएको छ ।

यसै बिच ज्योति विकास बैंकले चितवनको भरतपुर शाखा कार्यालय स्थानान्तरण गरेको छ । पारस बसपर्क भरतपुरबाट हाकिमचोकमा शाखा कार्यालय स्थानान्तरण गरी औपचारिक रुपमा सेवा सुरु गरिएको बैंकले जनाएको छ । 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।