राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै

Nov 17, 2017 merolagani

नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बजारमा लगानीयोग्य पूँजी (तरलता) कम भएको र अन्तर बैंक ब्याजदर बढेको भन्दै तत्काल तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजदरमा २ साताका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।



केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

ब्याज दर करिडोर लागु भएको दिन बुधबार मात्रै ३ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ बैकिङ प्रणालीबाट प्रशोचन गरेको थियो । त्यसपश्चात वित्तीय बजारमा तरलताको अभाव देखिन थालेपछि २० अर्बको रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज प्रस्ताव नगर्न भनेको छ । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ ।

ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्य्विधि गत बुधबारदेखि कार्यान्वयनमा आएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।