रिलायन्स लाइफले थाल्यो कारोबार, सर्वसाधरणलाई ६३ करोडको सेयर जारी गर्ने

Nov 17, 2017 merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड शुक्रवारबाट औपचारिक रुपमा संचालनमा हाएको छ । शुभारम्भसँगै कम्पनीले तीन वटा बीमा योजना संचालनमा ल्याएको छ । साथै थप चार योजना तत्कालै ल्याउने घोषणा समेत गरेको छ ।



बीमा समितिबाट कार्तिक २६ गते कारोबार अनुमति पाएको कम्पनीले मंसिर १ बाट कारोबार संञ्चालन गरेको हो ।
नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले इन्डाउनमेन्ट एसुरेन्स विथ होल लाईफ प्लान, मनि ब्याक एसुरेन्स प्लान र इन्डाउनमेन्ट एसुरेन्स प्लान गरि ३ प्रकारका बीमा योजना सार्वजनिक गरेको छ ।

हाल १ अर्ब ४७ करोड सेयर पूँजी रहेको कम्पनीले सर्वसाधारणमा निकट भविष्यमा ६३ करोड सेयर जारी गर्ने बताएको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीका हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको सञ्चालकहरुमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी, पवन कुमार अग्रवाल र सुन्दर प्रसाद कँडेल छन् ।

देशभर कम्पनीको सेवा विस्तारका लागि कम्पनीले समितिसंग २० वटा शाखा विस्तारको अनुमति समेत माग गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।