सेयरबजारमा दोहोरो अंकको गिरावट

Nov 19, 2017 merolagani

यस साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका उपसूचक घटेपछि नेप्से १३.३४ अंकले घटेर १४७५.७२ बिन्दुमा झरेको छ ।

आइतबार सेयरबजारमा १५६ कम्पनीका ११ लाख ५५ हजार ६ सय ९२ कित्ता शेयरको ४५ करोड ५२ लाख ७ सय २९ रुपियाँको कारोबार भयो । यसदिन समग्र बजार पूँजीकरण १७ खर्ब १३ अर्ब कायम भएको छ ।

यसदिन एभरेस्ट बैंकको सबै भन्दा धेरै ७ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।सोल्टी होटेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स तथा अरुण काबेली पावर लगायतको उच्च कारबोर भएको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३.५९ प्रतिशत कमाएका छन् । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, महिला सामुदायिक लघुवित्त लगायतको सेयरमूल्य बढेको छ ।

नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सबैभन्दा धेरै ९.१ प्रतिशतले गुमाएको बवारमा महिला लघुवित्त विकास बैंक, गुडविल फाइनान्स, ओरियन्टल होटेल्स, समिट माइक्रोफाइनान्स लगायतको सेयरमू्ल्य घटेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus