गण्डकी विकास बैंकको शाखा वीरगञ्जमा

Nov 19, 2017 merolagani

गण्डकी विकास बैकले बीरगञ्जमा शाखा बिस्तार गरेको छ । उक्त शाखाको विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरे । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा  ABBS, ATM, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ।

बैकले निकट भविश्यमा काठमाडौंको नयां बानेश्वर,रूपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरेको छ ।

वैकको केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरूमा गरी ५३ वटा शाखा कार्यालय छन । बैंकले आर्थिक बर्ष २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड , कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।