साना किसानको २५% बोनस र रिलायन्सको ४५% हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

Nov 23, 2017 Merolagani

साना किसान लघुवित्त (SKBBL) को २५ प्रतिशत बोनस र रिलायन्स फाइनान्स (RLFL) को ४५ प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन अाज हाे । दुबै कम्पनीकाे सेयर अाजसम्म किन्नेहरूले  मात्र बोनस तथा हकप्रद  पाउनेछन् ।

मंसिर २९ गते बोलाएको १६औं बार्षिक साधारण सभाका लागि साना किसान लघुवित्त (SKBBL) ले मंसिर १० गते बुकक्लोज गर्देछ । साधारण सभाले गत आर्थिक बर्षमा कमाएको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

हाल ५० करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । लघुवित्तले चालु आर्थिक बर्षको प्रथम त्रैमास अवधिमा ८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर अाम्दानी ६५ रूपैयाँ २२ पैसा कायम गरेको छ । लघुवित्तको सेयर बुधबार प्रतिकित्ता १४९५ रुपैयाँमा कारोबार भएको छ ।

उता रिलायन्स फाइनान्स (RLFL) ले मंसिर २२ देखि चुक्ता पूँजीको ४५ प्रतिशत हकप्रद विक्री गर्नका लागि मंसिर ८ गते बुक क्लोज गर्देछ । फाइनान्सले एक सय रुपैयाँ अंकित दरको २३ लाख ६ हजार ५७१ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

५१ करोड २५ लाख ७१ हजार ७०० रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

गत आवमा फाईनान्सले १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा कायम गरेको छ । फाईनान्सको सेयर बुधबार प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार भएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।