रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन

Nov 24, 2017 Merolagani

रिलायन्स फाइनान्स (RLFL) को सेयरमूल्य शक्रबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीले जारी गर्नका लागेको ४५ प्रतिशत हकप्रलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

 

नेप्सेले ४५ प्रतिशत हकप्रदपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य १५७ रुपैयाँ कायम भएको जनाएको छ । यसअनुसार आईतबार फाइनान्सको सेयर कारोबार प्रतिकित्ता १५७ रुपैयाँलाई आधार मानेर खुला हुनेछ ।

फाइनान्सको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य १७६ रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

रिलायन्सले मंसिर २२ देखि चुक्ता पूँजीको ४५ प्रतिशत हकप्रद विक्री गर्नका लागि मंसिर ८ गते बुक क्लोज गरेको हो । फाइनान्सले एक सय रुपैयाँ अंकित दरको २३ लाख ६ हजार ५७१ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

५१ करोड २५ लाख ७१ हजार ७०० रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ । गत आवमा फाईनान्सले १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा कायम गरेको छ ।

 रिलायन्सले मंसिर २२ देखि ४५ प्रतिशत हकप्रद विक्री गर्ने, हकप्रद भर्न चार कार्यदिनभित्र सेयरधनी बन्नुपर्ने

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।