गुराँस लाइफको प्रमुख कार्यकारीमा नारायणकुमार भट्टराई नियुक्त

Nov 27, 2017 merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) ले प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराईलाई नियुक्त गरेको छ। कम्पनीको १४२ औं सञ्चालक समिति बैठकले आजै देखि लागू हुनेगरी आगामी चार बर्षका लागि भट्टराईलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो।


भट्टराईले पुणे यनिभर्सिटीबाट बिएससी तथा मणिपुर युनिभर्सिटीबाट एमबिए गरेका छन्।

लाइफ इन्स्योरेन्स कर्पोरेशनमा करिव ९ बर्ष काम गरेका उनी २०६८ मंसिरबाट गुराँस लाइफमा सहायक महाप्रबन्धकमा रुपमा नियुक्त भएका थिए भने २०७० माघमा नायव महाप्रबन्धकमा बढुवा भएका थिए।

कम्पनीको मार्के्टिङ, पुनर्बीमा विभागका प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका छन ।

कम्पनीले ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन वीमा सेवा प्रदान गर्दे आइरहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।