गण्डकी विकास बैंकको २५ % हकप्रद सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Nov 30, 2017 Merolagani

गण्डकी विकास बैंक (GDBL) को २५ प्रतिशत हकप्रद सुरक्षित गर्ने विहीबार नै अन्तिम दिन रहेको छ । २५ प्रतिशत हकप्रद जारी गर्नका लागि बैंकले मंसिर १५ गते बुक क्लोज गने भएकाले आजसम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।

हकप्रद जारी गर्नका लागि गण्डकी विकास बैंकले प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । बैंकले चार बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको ४६ लाख नौं हजार ८१५ दशमलव ५० कित्ता हकप्रद सेयर बिक्री गर्न मंसिर ४ गते धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ रहेको गण्डकीको हकप्रद निष्कासन पश्चात दुई अर्ब ३० करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा पाँच करोड ३९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७० पैसा कायम गरेको बैंकको सेयरमूल्य विहीबार प्रतिकित्ता ३३३ ३२२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।