कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद स्वीकृत

Dec 18, 2017 Merolagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) को २२५ प्रतिशत हकप्रद स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई एक बराबर २.२५ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३३ लाख ९७ हजार ५०० कित्ता कित्ता हकप्रद बिक्री गर्न अनुमति पप्रदान गरेको हो ।

बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटले गर्देछ । १५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कर्णालीको ३३ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद विक्रीपछि ४९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास प्रतिवेदन अनुसार बैंक एक करोड ६९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ ।

लगानीकर्ताले हकप्रदको लोभमा उचालिएर सेयर किन्नेतर्फ भने सजग बन्नुपर्ने देखिन्छ । पूँजी बढेअनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ । बैंककाे सेयर प्रतिकित्ता २७२ रूपैयाँमा काराेबार भएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।