हिमालयन र जनता बैंकको बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन

Dec 24, 2017 Merolagani

हिमालयन बैंक (HBL) को २५ प्रतिशत तथा जनता बैंक नेपाल लिमिटेड (JBNL) को १४.४० प्रतिशत बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । दुबै बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएपनि सोमबार सार्वजनिक विदा परेका कारण आईतबारसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित बोनस पाउनेछन् ।

गत आवमा २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको हिमालयन बैंकले बोनस पारित गराउन पुस २८ गते कार्की व्याङक्वेट माइतिघरमा विहान ११ बजे २५ औं बार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । 

हिमालयन बैंकले पुस २८ गते डाक्यो साधारणसभा, के के छन् मुख्य एजेण्डा ?

चालू आवको प्रथम त्रैमासमा बैंकले ४१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेप्सेमा विहीबार बैंकको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता जनता बैंकले पनि गत आर्थिक बर्षको नाफा तथा सञ्चित जगेडाको उपयोग गरि रुपैयाँको बोनस वितरण गर्ने भएको छ । बैंकले पुस २८ गते अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा विहान ११ बजे आठौं बार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ पुग्नेछ ।

चालू आवको प्रथम त्रैमासमा बैंकले ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेप्सेमा विहीबार बैंकको सेयर प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको छ ।

...{थप मर्जर वा विदेशी रणनीतिक साझेदारको खोजीमा जनता बैंक, पुष २८ मा साधारण सभा}...

...{६४ करोड नाफा कमाएको जनता बैंकले एक अर्ब रुपैयाँको बोनस बाँड्ने}...

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।