स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य ९ वर्षमा ९ हजार बाट ९ सयमा झर्यो, नाफा घाटा कति ?

Dec 29, 2017 Merolagani

स्टाण्डर्ड चार्टर्ड बैंक(SCB) को सेयर मूल्य पछिल्लो ९ वर्षको अवधिमा ९ हजार २ सय रुपैंयाबाट ९ सय ५० रुपैंयामा ओर्लिएको छ । आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्नेछ । यो अवधिमा बैंकको सेयर मूल्य ८ हजार २ सय ५० रुपैंयाले तल झरेको हो ।

२०६५ साल साउन ७ गते प्रतिकित्ता ७ हजार रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य सोही वर्षको असोज १९ गते ९ हजार २ सय रुपैंयामा किनबेच भएको थियो । 

०६६ साल साउन ३२ गते बैंकको प्रतिकित्ता सेयर ६१८६ रुपैंयामा किनबेच भएको थियो । सोही वर्ष असोज १९ गते ५४०० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य त्यसको भोलिपल्ट अर्थात २०६६ साल असोज २० गते समायोजन पश्चात ३९६० रुपैंयामा किनबेच भएको थियो ।

त्यस पछि ओरालो लाग्ने क्रममा सोही वर्षको कात्तिक ८ गते ३७३० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर २०६६ साल पुस १२ गते ३५५० रुपैंयामा किनबेच भएको थियो ।

२०६७ साल जेठ १६ गते ३४०० रुपैंयामा किनबेच भएको बैंकको सेयर २०६८ साल भदौ २८ गते १३२५ रुपैंयामा किनबेच भएको थियो ।

यस बिचमा बैंकले आर्थिक वर्ष २०६७/०६८ मा ५० प्रतिशत नगद लाभांस बितरण गरेको थियो । त्यस पछि आर्थिक वर्ष २०६८/०६९ मा बैंकले १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । त्यस पछिका ५ आर्थिक वर्षमा बैंकले बितरण गरेको लाभांसको विबरण यस्तो छ ।

 


पछिल्लो पाँच वर्ष यता चार्टर्डको प्रतिकित्ता सेयर मूल्य १६०० रुपैंयाभन्दा तल झरेको छैन । शतप्रतिशत बोनस समायोजन पछि आगामी आइतबार चार्टर्डको प्रतिकित्ता सेयर ९५० रुपैंयामा कारोबार हुनेछ ।

माथि उल्लेखित लाभांस बाहेक पछिल्ला पाँच वर्षमा बैंकले प्रस्ताव गरेको लाभांस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य कति कायम भयो ? पाँचै आर्थिक वर्षको चार्टर्डको अधिकतम र न्युनतम सेयर मूल्य कति कायम भयो ? यो तथ्यांक हेरौं ।

 

 नाफा नोक्सानको अवस्था के छ ? त्यो पनि हेरौं ।

उल्लेखित तथ्यांकका आधारमा २०६७ सालमा यदि कसैले चार्टर्डको एक सय कित्ता सेयर खरिद गरेको भए अहिले नाफा नोक्सानको अवस्था के छ ? त्यो पनि हेरौं ।

२०६७ सालमा बैंकको एक सय कित्ता सेयर किन्दा ३ लाख ४० हजार रुपैंया लगानी भएको देखिन्छ । त्यस पछि उक्त सय कित्ता सेयरले आर्थिक वर्ष २०६७/०६८ मा ५० प्रतिशत नगद लाभांसका दरले ५ हजार रुपैंया लाभांस पाएको छ । आर्थिक वर्ष २०६८/०६९ मा १५ प्रतिशत बोनस पछि उक्त सेयर संख्या ११५ पुग्छ भने ४५ प्रतिशत नगद लाभांस पनि प्राप्त गर्छ ।

आर्थिक वर्ष २०६९/०७० सालमा बैंकले बितरण गरेको १० प्रतिशत बोनस तथा ४० प्रतिशत नगद लाभांस जोड्दा कुल सेयर संख्या १२६.५ कित्ता सेयर तथा जम्मा नगद लाभांस १४ हजार १ सय हुन आउँछ ।

आर्थिक वर्ष २०७०/०७१ मा बैंकले १० प्रतिशत बोनस तथा ४१.५ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । उक्त लाभांस जोड्दा कुल सेयर संख्या १३९.१५ कित्ता पुग्छ भने जम्मा नगद लाभांस १९ हजार ३ सय ५० रुपैंया हुन आउँछ ।

आर्थिक वर्ष २०७१/०७२ मा बैकले २५ प्रतिशत बोनस तथा १९.२१ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । उक्त लाभांस जोड्दा जम्मा सेयर संख्या १७३.९३ कित्ता पुग्छ । उल्लेखित लाभांस सहित जम्मा नगद लाभांस २२ हजार रुपैंया हुन आउँछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३३.३३ प्रतिशत बोनस तथा १.७५ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । कर प्रयोजनमा नगद लाभांस प्रयोग हुँदा सेयर संख्या बढेर २३१.९१ कित्ता पुग्छ ।

गत आर्थिक वर्षमा बैंकले शतप्रतिशत बोनस तथा कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस समेत हिसाव गर्दा जम्म सेयर संख्या ४६३.८२ कित्ता पुग्नेछ ।

उल्लेखित सेयरको आइतबार कायम हुने सेयर मूल्य ९५० का आधारमा जम्मा मूल्य ४ लाख ४० हजार ८ सय हुन आउँछ । माथि उल्लेख भएको नगद लाभांस २२ हजार जोड्दा जम्मा सम्पत्ती ४ लाख ६२ हजार ८ सय रुपैंया कायम हुन आउँछ ।

२०६७ सालमा एक सय कित्ता सेयर किन्दा अहिले सेयर संख्या ४६४  कित्ता पुगेको छ ।  ३ लाख ४० हजार रुपैंया लगानी भएकोमा उक्त सेयरको मूल्य अहिलेसम्मको लाभांस सहित  ४ लाख ६२ हजार रुपैंया कायम हुन आउँछ । 

सातबर्षको अघि बैंकमा ३ लाख ४० हजार लगानी गर्ने लगानीकर्ताले यसबिचमा एक लाख २२ हजार रुपैयाँ आम्दानी गरेका छन् । यो तथ्याकं हेरेर चार्टर्र्ड बैंकमा गरेको लगानीको प्रतिफल कस्तो रह्यो लगानीकर्ता आफैले मूल्याकंन गर्न सक्नुहुनेछ। 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus