नेपाल कम्युनिटीको ५ लाख ९७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Dec 31, 2017 Merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले पुस ७ गते शुक्रबारदेखि लिलामी खुला गरेको हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आईतबार अन्तिम दिन रहेको छ ।

बैंकले लिलामीमा ल्याएको सेयरमा ६७ हजार १०६ दशमलव ६४ कित्ता साधारण तथा ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयसंस्थापक समूहको रहेको छ । बैंकले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रद जारी गर्दा अवितरित सेयर लिलाम बढाबढमा विक्री गरेको हो । 

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । लिलामीमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लिलामीमा आवेदन गर्न सकिनेछ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरि सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । संस्थापक सेयरमा साविकका संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

सबै संकलन केन्द्रबाट लिलामी आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी सार्वजनिक सूचनाबाट गराइने क्यापिटलले जनाएको छ ।

१२० प्रतिशत हकप्रद पूँजीकरण पश्चात कम्युनिटीको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ३ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको थियो । बैंकको सेयरमूल्य आइतबार प्रतिकित्ता १५२ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।