हिमालयन हाइड्रो एक्स्पो ६० हजारले अवलोकन गरे

Jan 08, 2018 merolagani

नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ उत्साहजनक रुपमा सम्पन्न  भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् ।

‘हामीले अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजन सहभागिताका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।’ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने ।

‘एक्स्पो भव्य रुपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागि स्वदेशी तथा विदेशी कम्पनीहरुले हौसला दिनु भएको छ । यसबाट हामी आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।’ एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । 

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइएको थियो  ।

प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथा भएको छ भने काठमाण्डौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल थिए ।

जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।