नेको इन्स्योरेन्सकाे ५०% हकप्रदलार्इ धिताेपत्र बाेर्डकाे विक्री अनुमति

Jan 10, 2018 Merolagani

नेको इन्स्योरेन्स कम्पनी (NIL) ले धितोपत्र बोडबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न अनुमति प्राप्त गरेको छ । नेकोले मंगलबार दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर विक्री गर्न अनमुति पाएको हो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न प्रयासरत कम्पनीको गत असोज १० गते सम्पन्न २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । 

हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।कम्पनीले मंसिर ५ गते हकप्रद जारी गर्न निवेदन पेश गरेकोमा पुस २५ गते अनुमति पाएको हो ।

७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद विक्रीपछि एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ । बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीलाई न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चालु आवको प्रथम त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ३० पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य बुधबार प्रतिकित्ता ८६० रुपैयाँ हाराहारी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।