युनिभर्सल पावरले आईपीओ निष्काशन गर्न बोलायो विशेष साधारण सभा

Jan 11, 2018 Merolagani

युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे विशेष साधारण सभा डाकेको हो ।

साधारण सभाका लागि कम्पनीले विहीबारदेखि सेयरधनी किताब बन्द गरेको छ । यसअनुसार पुस २६ गतेसम्म कायम सेयरधनी सहभागि हुन पाउनेछन् । 

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले जारी पूँजी दुर्इ अर्ब १० कराेड रूपैयाँकाे ४६  प्रतिशत बराबरकाे ९६ लाख ६१ हजार कित्ता अार्इपीअाे जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेकाे कम्पनीले जनाएकाे छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढ्ने हुने कम्पनीले जनाएको छ । 

जलविद्युत्त कम्पनीहरूले निष्काशन हुने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित (दोलखाबासी) का लागि निष्काशन गर्नुपर्ने हुन्छ । बाँकी सेयर संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।

युनिभर्सलमा ४६ प्रतिशत सर्वसाधारण र ५४ प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ ।  कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । अायोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । 

यूनिभर्सल पावर कम्पनीले कम्पनीले  मनाङ्ग जिल्लामा अवस्थित नार खोलामा ३१.७७ मेगावाट क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको मंसीर १४ तथा सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मेगावाट क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको मंसीर २५ गते  विद्युत विभागबाट  उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको छ । कम्पनीले संखुवासभा जिल्लामा अवस्थित ४५ कसुवाखोला आयोजनामा लगानी गर्ने योजना समेत बनाएको  छ । 

उता युनिभर्सल पावरकाे माउ कम्पनी सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्काे आयोजना रुकुम गाड जलविद्युत आयोजनाको सर्वेक्षण गर्देछ ।  हाइड्रोले लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजना २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।